Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

विज्ञहरुको शैक्षिक प्रतिवेदन लागु गर्दै मुसिकोट १०

tribeni2

रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्वर १० को कार्यालयले शैक्षिक गुणस्तर अभिबृद्धिका लागि विषय विज्ञहरुको प्रतिवेदनलाई लागु गर्ने भएको छ ।

वडाका तीन वटा बिद्यालयहरुमा गरिएको शैक्षिक गुणस्तर अभिबृद्धिका लागि समस्या पहिचान तथा सुधारका उपायहरुको आधारमा वडाले शैक्षिक गतिविधि सञ्चालन गर्ने भएको हो ।

गत पुस २२ गते वडाध्यक्ष धनबहादुर खड्काको अध्यक्षतामा बसेको वडा शिक्षा समितिको बैठकले मध्यपश्चिम विश्व विद्यालय मुसिकोटका पूर्व क्याप्पस प्रमुख मुकुन्द प्रसाद शर्मा, सहायक प्राध्यापक दिपक के.सी., त्रिभुवन जनता माध्यमिक बिद्यालय खलंगाका शिक्षकद्वय शेरबहादुर खड्का र तिलक खड्का सम्मिलित एक विज्ञ समिति निर्माण गरेको थियो ।

विज्ञ सदस्यको टोलीले शिक्षाको गुणस्तर र सुधारका लागि विभिन्न चरणका छलफल पश्चात प्रतिवेदन तयार पारेको थियो । वडाका मालिका मावि चुन, जनता आधारभूत विद्यालय गलमपाटी र शान्ती नमूना आधारभूत विद्यालय डेलडाँडामा पुगेर आधार उपलब्धि परीक्षा लिईनुका साथै अन्य विषयहरुको समेत अध्ययन गरिएको विज्ञ टोलीका मुकुन्द प्रसाद शर्माले जानकारी दिनुभयो ।

कक्षा ३, ५ र ८ मा बिद्यार्थीहरु सम्मिलित आधार उपलब्धि परीक्षा, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक तथा अभिभावकहरु, वडा शिक्षा समितिका पदाधिकारीहरु, प्रधानाध्यापकहरु लगायत सरोकारवालाहरु बीच अन्तरक्रिया, निरन्तरको छलफलको आधारमा विज्ञ समुहले तयार पारेको प्रतिवेदन आईतबार एक कार्यक्रमका बीच हस्तान्तरण समेत गरिएको छ ।

प्रतिवेदन छलफल तथा हस्तान्तरण कार्यक्रममा विज्ञ समुहद्वारा बालबालिकाको स्तर निर्धारण, कमजोरीहरु, सुधार गर्नुपर्ने पक्षहरुको बारेमा प्रस्तुतिकरण राखिएको थियो । यसका साथै ६७ वटा बुदाँमा तीन वटै विद्यालयका शैक्षिक समस्याहरु र तीन वटै विद्यालयले शैक्षिक गुणस्तर अधिवृद्धिका लागि सुधार गर्नुपर्ने पक्षहरुको छुट्टाछुट्टै सुझावहरु प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदनमा विद्यालयहरुको भावी सोच तथा दृष्टिको बारेमा समेत उल्लेख गरिएको छ ।

प्रतिवेदन वडा शिक्षा समितिको गाईडलाईन सरह हुने वडा अध्यक्ष धनबहादुर खड्काले बताउनुभयो । यसलाई ग्रहण गरेर कार्यान्वयनतर्फ लाग्ने उहाँको भनाई रहेको छ ।

मालिका माविमा भएको प्रतिवेदन उपर छलफल तथा प्रतिदेवन हस्तान्तरण कार्यक्रममा विज्ञ सदस्यहरु मुकुन्द प्रसाद शर्मा, शेरबहादुर खड्का, तिलक खड्का, मुसिकोट नगरपालिकाका शिक्षा शाखा प्रमुख बिनाराम खड्का, वडा शिक्षा समितिकाका पदाधिकारीहरु, विभिन्न राजनीतिक दलका प्रमखु तथा प्रतिनिधिहरु, वडाका तीन वटै विद्यालयका व्यवस्थापन समितिका पदाधिकारीहरु, प्रधानाध्यापकहरु, शिक्षकहरु लगायतका उपस्थिति रहेको थियो ।

सहभागीहरुले प्रतिवेदनले यथार्थता बोलेको उल्लेख गर्दै कार्यान्वयन गरेर शैक्षिक गुणस्तर अभिवृद्धि गर्न सहमत भएका छन् ।

प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८०  १२:०४
प्रतिक्रिया दिनुहोस्