Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सानीभेरीमा एउटा सडक निर्माण गर्दा दुई सडक अवरुद्ध

२०८० वैशाख ४
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाको वडा नम्वर ८ मा सडक स्तरोन्नतीको काम तिब्र रुपमा चलिरहेको छ । वडा नम्वर ८ को सिलपाल खोला देखि आमडाँडा जोड्ने सडक स्तरोन्नतीको क्रममा अन्य सडक अवरुद्ध भएका छन् ।

वडा नम्वर १० र ११ आउजाउ गर्ने बाटो अवरुद्ध भएको स्थानीयको गुनासो रहेको छ । अस्तव्यस्त तरिकाले बाटो बनाईरहेकोले अन्य बाटोलाई समेत असर परेको बताईएको छ ।

वडा नम्वर ११ का पूर्व वडा अध्यक्ष तुलसीराम बुढाथोकीले सडक निर्माणको काम निर्धारित समय तोकेर गरेमा अन्य सडक अवरुद्ध नहुने बताउनुभयो । सिलपाल खोला देखि आमडाँडाको बाटो बनाउदा १० र ११ नम्वरका जाने बाटोमा सर्वसाधारणहरु घण्टौ बस्नुपर्ने बाध्यता रहेको उहाँको भनाई रहेको छ ।

एउटा सडक बनाउदा अरु दुई वटा बाटो बन्द भइरहेको छ । अवरुद्ध सडक खाेलिदिन आग्रह गर्दा पनि दुई चार घण्टा कुराएर नखोलिदिएपछि केहिले जोखिम मोलेर बाटो पार गर्ने गरेका छन् । कतिपयले भने मोटरसाइकल बोकेर बाटो कटाउने गरेका छन् ।

समय निर्धारण गरेर बाटो खन्ने र सो क्रममा अवरुद्ध हुने १० र ११ नम्वर वडातर्फ जाने सडक सुचारु गरिदिनुपर्ने स्थानीयको माग रहेको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८०  १८:०४
प्रतिक्रिया दिनुहोस्