Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मुख्यमन्त्रीलाई सेनाकै हेलीकप्टर प्यारो भएपछि ....

काठमाडौ‌ ९ असार ।
tribeni2

पार्टी बैठकमा सहभागी हुन नेपाली सेनाको हेलीकप्टर प्रयोग गरेपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सामाजीक विकास मन्त्री दल रावलको चर्को आलोचना भएको छ ।

पार्टीको बैठकका लागि सरकारी ढुकुटीको दुरुपयोग गरेको भन्दै आलोचना भएको हो । नेकपा हुम्लाको पहिलो जिल्ला कमिटि बैठकका लागि गत शनिबार नेपाली सेनाको 9-N-RA-I हेलिकप्टर चढेर सुर्खेत हुँदै नेकपाका कर्णाली प्रदेश कमिटि अध्यक्ष गोरख बोगटी, सचिव मायाप्रसाद शर्मा, मुख्यमन्त्री शाही, सामाजिक विकास मन्त्री रावल सिमकोट गएका थिए ।

उनीहरु सोही हेलीकप्टरमा हिजो कालिकोट पुगेका हुन् । हुम्लाका अधिकाँस गाउँपालिकाका जनप्रतिनिधी हेलिकप्टर रिजर्भ गरेर गाउँपालिकामा पुग्ने गरेका छन ।

प्रकाशित मिति: सोमबार, असार ९, २०७६  २३:०६
प्रतिक्रिया दिनुहोस्