Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सल्लेमा प्रसुति कुरुवा घर बनाउन सम्झौता

tribeni2

रुकुम पश्चिम / जिल्ला अस्पताल सल्लेमा प्रसुति कुरुवा घर निर्माणका लागि सम्झौता भएको छ ।

घर निर्माणका लागि आईतबार अस्पताल विकास समिति, वान हर्ट वल्र्ड वाइड र रुकुमेली समाज विकास केन्द्रका बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

गर्भवति तथा सुत्केरी महिला र उनका कुरुवाहरुलाई बस्न सहज होस भनेर अस्पताल परिसरमा कुरुवा घर निर्माण गर्न थालएको वान हर्ट वल्र्ड वाइडका जिल्ला संयोजक लोकमणि गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार वान हर्ट वल्र्ड वाइड तथा रुकुमेली समाज विकास केन्द्र र अस्पताल विकास समितिको साझेदारीमा कुरुवा घर निर्माण हुने भएको हो ।

कुल २९ लाख लागतमा आगामी असार भित्र घर निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरिएको संयोजक गिरीले बताउनुभयो ।

घर निर्माण भएमा प्रसुति सेवा लिन जिल्ला अस्पतालसम्म पुगेकालाई होटेलमा बस्नु पर्ने बाध्यताको अन्त्य हुने र खर्च कम हुने अपेक्षा गरिएको छ । यसका साथै स्वास्थ्य संस्थामा प्रसुति हुनेको संख्या बढ्ने विश्वास गरिएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८०  १९:०४
प्रतिक्रिया दिनुहोस्