Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

आठबिसकोटको घारीखोलामा जीप दुर्घटना, सात जना घाईते

दुई जनाको अवस्था गम्भिर
tribeni2

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका - १० को घारीखोलामा यात्रुवहाक जीप दुर्घटना भएको छ ।

सोमबार जिल्ला सदरमुकाम खलंगाबाट आठबिसकोटको राडि बजारतर्फ जाँदै गरेको भे १ ज ५२२ नम्वरको जीप बेलुका साढे ६ बजे घारीखोलामा दुर्घटना भएको हो ।

दुर्घटनामा परेर सात जना घाईते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

प्रहरी निरीक्षक बिष्णु कुमार श्रेष्ठका अनुसार घाईतेहुनेहरुमा आठबिसकोट नगरपालिका -४ गोतामकोटका ६५ बर्षिया निरमती बिक, बाँफिकोट गाउँपालिका -६ का २३ वर्षिय रायल घर्ती, आठबिसकोट नगरपालिका -९ का २३ वर्षिय धर्म प्रसाद शर्मा, आठबिसकोट नगरपालिका -१ का २९ वर्षिय बिनय बि.क., आठबिसकोट नगरपालिका -१ कै ८० वर्षिय धनसिंह बुढा, आठबिसकोट नगरपालिका -९ का ५० वर्षिय दले पुन र आठबिसकोट नगरपालिका वडा नम्वर १ की २२ वर्षिया संगीता ऐरी रहेका छन् ।

चालक सहित १२ जना सवार उक्त जीपको ब्रेकले काम नगरेको कारण सडकमै पल्टिएको बताइएको छ । जीप चालक तुलसीपुर उपमहानगरपालिका २० घर भई हाल मुसिकोट नगरपालिका ५ रुकुम पश्चिम बस्ने २४ वर्षिय सुरज मिजारलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने जीपमा सवार अन्य चार जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाको सूचना लगत्तै इलाका प्रहरी कार्यालय आठबिसकोटबाट प्रहरी निरीक्षक बिक्रम सुवेदीको नेतृत्वमा आएको प्रहरी टोलीले घाईतेहरुको उद्धार गरेर नगर अस्पताल आठबिसकोटमा उपचारका लागि लिएको बताईएको छ ।

घाईते मध्य निरमती बिक र रायल घर्तीको अवस्था गम्भिर रहेको बताईएको छ । दुबै जनाको टाउको र शरिरका अन्य भागमा चोट लागेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८०  १९:०४
प्रतिक्रिया दिनुहोस्