Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मुसिकोटका तिलक थापा दुई हप्ता देखि सम्पर्कविहिन

tribeni2

रुकुम पश्चिमका एक पुरुष १४ दिन देखि परिवारबाट सम्पर्कविहिन हुनुभएको छ ।

जिल्लाको मुसिकोट नगरपालिका –१ मठ निवासी ४५ वर्षिय तिलक बहादुर थापा गत चैत २१ गतेदेखि परिवारबाट सम्पर्कविहिन हुनुभएको हो ।

थापाको खोजीको माग गर्दै उहाँकी श्रीमती प्रेमा थापाले मंगलबार जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा निवेदन समेत दिनुभएको छ । थापा चैत २० गते रुकुमबाट नेपालगञ्ज जानुभएको थियो ।

चैत २१ गते बेलुका ७ बजेसम्म सम्पर्कमा रहनुभएका उहाँ त्यसयता परिवारको सम्पर्कमा हुनुहुदैन । तिलकको श्रीमती प्रेमा थापामा अनुसार उहाँलाई रुकुम पूर्व घर बताउने दिपक पुनले भारतमा काम लगाईदिने भन्दै नेपालगञ्जमा लोभ्याएका थिए ।

नेपालगञ्जमा रहँदा सम्पर्क गरेतापनि भारत गए नगएको, कहाँ कोसँग गएको भन्ने कुरा दुई हप्तासम्म जानकारीमा नआउँदा परिवारका सदस्यहरु आत्तिएको उहाँको भनाई रहेको छ । घरबाहिर जाँँदा दिनमा ४/५ पटक आफ्नो खबर दिने तिलक १४ दिनसम्म सम्पर्कविहिन हुँदा गलत व्यक्तिको नियन्त्रणमा परेको होकी भन्ने आशंका लागेको प्रेमाले बताउनुभयो ।

प्रहरीले सम्बन्धित सबै स्थानमा हुलिया परिपत्र गर्ने देखि नेपालगञ्जबाट भारत जाने जमुनाह नाकामा आवश्यक अनुसन्धानका लागि पत्राचार गरिसकेको जनाएको छ ।

उहाँलाई भेट्टे वा देख्ने जो कोहिले उहाँको घरको नम्वर ९८४१५४००३७ नम्वरमा सूचना गरिदिन अनुरोध गरिएको छ ।

 

प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८०  २१:०४
प्रतिक्रिया दिनुहोस्