Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

२० महिने नाबालकलाई बचाउन सहयोगको याचना

tribeni2

सल्यान घर भई हाल कोटेश्वर काठमाडौ बस्ने नरेश केसीका २० महिनाका नाबालक छोरा प्रणय केसी स्पाइनल मस्कुलर एट्रोफी - टाइप २ बाट पीडित छन् ।

स्पाइनल मस्कुलर एट्रोफी (SMA) एक भयानक दुर्लभ जीवनलाई एकदमै खतरामा पार्ने न्यूरो मस्कुलर वंशानुक्रमिक असन्तुलन हो ।

स्पाइनल मस्कुलर एट्रोफी एकदमै खर्चिलो रोग हो । स्पाइनल मस्कुलर एट्रोफी एक गतिशील रोग हो । यसले मांसपेशीहरूको गम्भीर कमजोरी निम्त्याउँछ । जसले गर्दा अशक्तता, मेरुदण्डको स्कोलियोसिस र फोक्सोको कार्यमा बलगम्भीर रूपमा अवरोध उत्पन्न गरि स्वासप्रश्वासमा बाधा पैदा गर्दछ ।

डाक्टरका अनुसार प्रणयको उपचारमा करोडौ खर्च लाग्ने छ ।

प्रणयको परिवारले बिगत ६ महिना देखि आफूसँग भएको सबै सम्पत्ति उपचारमा खर्च गरिसकेको हजुरबुवा धरणीधर केसीले जानकारी दिनुभयो । खर्चिलो भएतापनि डाक्टरले उपचार सम्भव भएको बताएपछि बालकको परिवारले मनकारी सबैसँग आर्थिक सहयोगका याचना गर्नुभएको छ । नाबालक प्रणय केसी जीवनको यो पीडादायी अवस्थामा रहेका छन् ।

प्रणयको स्वास्थ्य अवस्था बारे थप जानकारीको लागि र आर्थिक सहयोगका लागि तपशिलको विवरण सार्वजनिक गरिएको छ ।

+977-9851066369 (whatsapp)
सहयोगको लागि:
Bank: Global IME Bank Ltd.
Branch: Sankhamul, Kathmandu
A/C No.: 25707010154833
A/C Name: PRANAYA KC
Customer ID: R005503656
Swift Code: GLBBNPKA
Account Currency: NPR
E-sewa: 9851066369

प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८०  २०:०४
प्रतिक्रिया दिनुहोस्