Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

घोरखानीमा भेटिए भरुवा बन्दुक

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको मुसीकोट नगरपालिका -८ स्थित घोरखानीमा तीन थान भरुवा बन्दुक फेला परेका छन् ।

बुधबार बेलुका प्रहरीले घोरखानी स्थित जंगलको ओढारमा बन्दुक भेटाएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार घोरखानी जङ्गलको ओडारको मुनि एक नाल र दुई वटा खालि भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला पारिएको हो ।

प्रहरीले बिशेष सूचनाको आधारमा बन्दुक फेला पारेको हो । भरुवा बन्दुक सिकार खेल्नको ओडारमा लगेर लुकाईएको आशंका गरिएको छ ।

उक्त भरुवा बन्दुकलाई जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा ल्याईएको र थप अनुसन्धान सुरु गरिएको बताईएको छ । यसअघि पनि उक्त जंगलमा प्रहरीले भरुवा बन्दुक फेला पारेको थियो ।

प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०  ०७:०४
प्रतिक्रिया दिनुहोस्