Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

ठुलीभेरीमाथी निर्माणाधिन बेलिब्रिज भाँचिदा दुई कामदारको घटनास्थलमै मृत्यु

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको आठबीसकोट नगरपालिका –५ छोटेबगर र जाजरकोटको नलगाड नगरपालिका -१२ तल्लुबगर जोड्ने बेलिब्रिज निर्माणको क्रममा भाँचिदा दुई जना कामदारको घटनास्थलमै ज्यान गएको छ ।

भेरि करिडोर अन्तगर्तको जाजरकोट – डोल्पा सडकखण्डको तल्लुबगरमा निर्माणधिन बेलिब्रिज बिहिबार दिउँसो भाँचिएको हो ।

बेलिब्रिज भाँचिदा पुलमा काम गरिरहेका मध्य दुई जना कामदारको घटनास्थलमै ज्यान गएको आठबिसकोट नगरपालिका रुकुम पश्चिमका पूर्व नगर प्रमुख गोरखबहादुर केसीले जानकारी दिनुभयो ।

काम गरिरहेका नौ जना मध्य सात जना घाईते रहेको बुझिएको छ । घाईते मध्य चार जनाको अवस्था गम्भिर रहेको बताईएको छ । घाईतेहरुलाई उपचारको लागि अस्पताल पठाईएको केसीले जानकारी दिनुभयो ।

मृतक र घाईतेहरुको परिचान खुल्न नसकेको बताईएको छ । घटनाको पुरा विवरण आईनसकेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०  १४:०४
प्रतिक्रिया दिनुहोस्