Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

कर्णालीमा चार मन्त्रीले लिए शपथ

tribeni2

सुर्खेत / कर्णाली प्रदेशका नवनियुक्त चार मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ।

प्रदेश प्रमुख तिलक परियारले उहाँहरूलाई शपथ खुवाउनु भएको हो ।

मुख्यमन्त्री राजकुमार शर्माले शर्माले कांग्रेसबाट सिफारिस भएका आर्थिक मामिला तथा योजनामन्त्रीमा वेदराज सिंह, सामाजिक विकास मन्त्रीमा खड्गराज पोख्रेल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा कृष्णकुमार बिसी र ऊर्जा तथा जलस्रोत विकास मन्त्रीमा उर्मिला विश्वकर्मालाई नियुक्त गर्नुभएको छ । विश्वकर्मा यसअघि भौतिक पूर्वाधार तथा सहरी विकास राज्यमन्त्री हुनुहुन्थ्यो।

मङ्गलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालय सङ्ख्या संशोधन गरेपछि उहाँलाई मन्त्री नियुक्त गरिएको हो ।

प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०  १४:०४
प्रतिक्रिया दिनुहोस्