Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
विप्लव बन्द

विप्लवको बन्दः ठाउँ ठाउँमा बम

काठमाडौं १० असार
tribeni2

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको बन्दका कारण देशका विभिन्न भागमा प्रभाव परेको छ । गएराती देखी नै विभिन्न स्थानमा बम भेटीएका छन् । काठमाडौंको कीर्तिपूर र जावलाखेलम सेनाको बम डिस्पोजल टोलीले बम निस्कृय पारेको छ ।

काभ्रेको बनेपा, धुलिखेल, र पनौतीमा पनि कुकर बम फेला परेको छ । बम नेपाली सेनाले बिहानै निस्क्रिय पारेको छ । झापा– भद्रपुरमा बम पनि मंगलबार बिहानै बम भेटिएको छ । झापाको भद्रपुरस्थित भद्रपुर नगरपालिकाको कार्यालयभित्र मेयरको कार्यकक्ष चढ्ने सिढीको तल कालो व्याग जस्तो शंकास्पद वस्तु फेला परेको थियो । उक्त शंकास्पद वस्तु नेपाली सेनाले निस्क्रिय गरेको छ ।

बझाङको जयपृथ्वी नगरपालिका वडा नं. ३ राजकोट पाण्डुपडेसको वडा कार्यालय भवनमा पनि बम भेटिएको छ । नेत्रविक्रम चन्द विप्लव समूहका लमजुङका सेक्रेटरी विनोद सोनाम कास्की पोखरा महानगरपालिका–४ सिद्धाचोकबाट गए राति पक्राउ परेका छन् ।

विप्लवका कार्यकर्ताले मन्थली बजार क्षेत्र नजिकै ग्यासको सिलिण्डर विस्फोट गरेका छन्। सोमबार राति २ बजे सिलिण्डरमा आगो लगाई विस्फोट गराएको प्रहरीले जनाएको छ।

अछाममा दुईवटा वडा कार्यालयमा आगजनि भएको छ। पञ्चदेवल विनायक नगरपालिका –३ को वडा कार्यालय र ढकारी गाउपालिका ५ को वडा कार्यालयमा आगजनी भएको हो। पञ्चदेवल विनायकमा आगजनिबाट कार्यालयमा रहेका  सामाग्रीहरु जलेर नस्ट भएका छन्। 

प्रकाशित मिति: मंगलबार, असार १०, २०७६  ०९:०६
प्रतिक्रिया दिनुहोस्