Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बेलिब्रिज भाँचिदा मृत्यु भएका दुई र घाईते सात जनाको पहिचान खुल्यो

tribeni2

रुकुम पश्चिम / भेरी करिडोर अन्तर्गत बिहिबार दिउँसो ठुलीभेरी नदिमाथी निर्माणधिन बेलिब्रिज भत्किदा भएको दुर्घटनामा मृत्यु हुने र घाईते हुनेहरुको विवरण खुलेको छ ।

जाजरकोटको नलगाड नगरपालिका १२ र रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ४ जोड्ने ठुलीभेरी नदिमाथी बनिरहेको बेलिब्रिज भत्किदा दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो । मृत्यु हुनेहरुमा भारत बहराइज मधुवापुरका अन्दाजी ४० वर्षिय प्रशान्त राजकुमार र सोहि ठाउँका ३० वर्षिय धर्मेन्द्र हरीजन चमार रहेका छन् ।

बेलिब्रिज निर्माण कार्यमा संलग्न अन्य सात जना घाईते रहेका छन् । घाइते हुनेमा क्रेन चालक नवलपरासीका २६ वर्षिय निरजकुमार चौधरी रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक नमराज भट्टराईका अनुसार अन्य घाईतेहरु सबै भारतिय नागरिक रहेका छन् ।

घाईते हुनेहरुमा भारत बहराइज मधुवापुरका ५० वर्षिय मैकु गौतम, सोहि ठाउँका ३० वर्षिय गोरख नाथ, २५ वर्षिय सञ्जय गौतम, १९ वर्षिय सोनु चुमार, ४९ वर्षिय गोपाल चमार र ६० वर्षिय राजकुमार हरीजन चमार रहेका छन् ।

घाईतेहरुलाई नलगाड नगरपालिका ७ दल्लीस्थित नगर अस्पतालमा उपचारको लागि लगिएको बताईएको छ । घाईते मध्य तीन जनाको अवस्था गम्भिर रहेको छ भने चार जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०  १६:०४
प्रतिक्रिया दिनुहोस्