बेलिब्रिज भाँचिदा घाईते भएका तीन जनालाई हेलिकोप्टर मार्फत कोहलपुर र अन्यलाई सुर्खेत लगियो

दुई कामदारको घटनास्थलमै मृत्यु

रुकुम पश्चिम / निर्माणधिन बेलब्रिज भाँचिदा घाईते भएका तीन जनालाई थप उपचारको लागि हेलिकोप्टर मार्फत कोहलपुर लगिएको छ भने चार जनालाई सुर्खेत रिफर गरिएको छ ।

रुकुम पश्चिमको आठबीसकोट नगरपालिका –४ छोटेबगर र जाजरकोटको नलगाड नगरपालिका –१२ तल्लुबगर जोड्ने बेलिब्रिज भाँचिदा घाईते भएकाहरुलाई थप उपचारको लागि जिल्ला बाहिर लगिएको हो ।

जिल्ला प्रहरी कार्यालयका रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक बिष्णु कुमार श्रेष्ठका अनुसार बेलिब्रिज भाँचिदा सात जना घाईते भएका थिए । घाइते हुनेमा क्रेन चालक नवलपरासीका २६ वर्षिय निरजकुमार चौधरी सहित अन्य छ जना भारतीय नागरिक रहेका छन् ।

घाईते हुनेहरुमा भारत बहराइज मधुवापुरका ५० वर्षिय मैकु गौतम, सोहि ठाउँका ३० वर्षिय गोरख नाथ, २५ वर्षिय सञ्जय गौतम, १९ वर्षिय सोनु चुमार, ४९ वर्षिय गोपाल हरिजन र ६० वर्षिय राजकुमार हरिजन चमार रहेका छन् ।

घाईते मध्य गम्भिर अवस्थामा तीन जनालाई थप उपचारको लागि हेलिकप्टर मार्फत बाँकेको कोहलपुर लगिएको छ । घाईतेहरु सञ्जय गौतम, गोपाल हरिजन र राजकुमार हरिजनलाई हेलिकप्टर मार्फत लगिएको हो । अन्य चार जना घाईतेहरुलाई सुर्खेत पठाईएको छ ।

बेलिब्रिज भाँचिदा दुई जना कामदारको घटनास्थलमै ज्यान गएको छ । मृत्यु हुनेहरुमा भारत बहराइज मधुवापुरका ४० वर्षिय प्रशान्त राजकुमार र सोहि ठाउँका ३० वर्षिय धर्मेन्द्र हरीजन चमार रहनुभएको छ ।

भेरि करिडोर अन्तगर्तको जाजरकोट–डोल्पा सडकखण्डको तल्लुबगरमा निर्माणधिन बेलिब्रिज निर्माणको जिम्मा हिमशिखर खड्का कृष्ण जेभीले लिएको छ । निर्माण कम्पनीले तीन करोड ८४ लाख रुपियाँको लागतमा बेलिब्रिज निर्माण गर्ने जिम्मा लिएको थियो ।

सम्बन्धित समाचार .....

बेलिब्रिज भाँचिदा मृत्यु भएका दुई र घाईते सात जनाको पहिचान खुल्यो

ठुलीभेरीमाथी निर्माणाधिन बेलिब्रिज भाँचिदा दुई कामदारको घटनास्थलमै मृत्यु

प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०  १७:०४
प्रतिक्रिया दिनुहोस्