सोसल मिडिया
रुकुम पूर्वमा जङगली निउँरोको साग (तरकारी) खाँदा एकै परिवारका चार जना बिरामी भएका छन् ।
जिल्लाको भूमे गाउँपालिका वडा नम्बर २ दहबाङमाका शन्त बहादुर बुढाको चार जनाको परिवार बिरामी हुनुभएको हो ।
बिरामी हुनेहरुमा ६० वर्षिय घरमूली बुढा सहित १५ बर्षिय छोरा सुरेस बुढा, ११ वर्षिय बिवेक बुढा, १० बर्षिय सुबिन पुन रहेको स्वास्थ चौकी काँक्रिका स्वास्थ्यकर्मी तिलक रोकाले जानकारी दिनुभयो । रोकाका अनुसार जङगलको खोलाबाट टिपेर ल्याएको निउरो खाएको कारण फुड प्वाईजन भएको पाईएको छ ।
उहाँहरुमा पेट दुख्ने, बान्ता हुने, पदाला लाग्ने, शरिर झम्झमाउने समस्या आएको र अहिले अवस्था सुधार भएको बताईएको छ ।
वर्षायाम सुरु भएसँगै गाउँघरमा जंगलबाट निउरो च्याउ खोजेर ल्याउने र खाने चलन रहेको छ । जंगलमा पाईने कतिपय साग तथा च्याउहरु बिषादीयुक्त हुने भएकोले जथाभाबि नखान अनुरोध गरिएको छ ।