Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

भूमेको सिमावर्ती क्षेत्रका दश हजार भेडाबाख्रालाई निशुल्क पिपिआर खोप

tribeni2
  • बालाराम शेर्पाली

रुकुम पूर्वको भूमे गाउँपालिकामा भित्रका १० हजार भेडाबाख्रालाई पिपिआर खोप खोप लगाएको छ । भूमे गाउँपालिकाको सिमावर्ती क्षेत्रमा खोप कार्यक्रम गरेर दश हजार डोज खोप लगाईएको हो ।

३ महिना उमेर देखि माथीका सबै भेडाबाख्राहरुमा खोप लगाइएको गाउँपालिकाले जनाएको छ । हाल सिमावर्ती क्षेत्रमा मात्र खोप कार्यक्रम सन्चालन गरिएको हो।

खोप भूमे गाउँपालिकाको सबै वडामा रहेका भेडाबाख्रामा खोप लगाउने कार्यक्रम रहेको भूमे गाउँपालिकाको पशु सेवा शाखाका पशु सेवा प्राविधिक दिलकुमारी सुनारले बताउनु भयो ।

साना पाठापाठी र गर्भेनी बाख्रामा खोप लगाउन नमिल्ने प्राविधिक सुनारले सुनारले बताउनुभयो । खोप निशुल्क रुपमा लगाइएको हो । निशुल्क रुपमा खोप लगाउन पाउँदा भेडाबाख्रापालक किसानहरु खुसी भएका छन्।

राष्ट्रिय पिपिआर रोग नियन्त्रण कार्यक्रम अन्तर्गत खोप कार्यक्रम गरिएको हो। खोप कार्यक्रममा भूमे गाउँपालिका प्रविधिकहरुको सहभागीता रहेको छ ।

गाउँपालिकाभर निशुल्क रुपमा संगुर तथा बंगुरमा स्वाईन फ्लु रोग बिरुद्ध र कुखुरामा रानिखेत खोप पनि केहि समय पछि लगाउने कार्यक्रम रहेको बताईएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८०  १४:०४
प्रतिक्रिया दिनुहोस्