Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बेलिब्रिज भाँचिएको घटना छानबिन गरी दोषीउपर कारबाहि गर्न जनार्दन शर्माको माग

tribeni2

रुकुम पश्चिम / पूर्व अर्थमन्त्री एवम् प्रतिनिधीसभा सदस्य जनार्दन शर्माले भेरी करीडोर अन्तर्गत ठुलीभेरी नदिमाथी बन्न लागेको सडकपुल (बेलिब्रिज) भाँचिएको घटनाको छानबिनको माग गर्नुभएको छ ।

निर्माणाधिन पुल भाँचिनु सामान्य विषय नभएको उल्लेख गर्नुहुँदै शर्माले घटनाको सत्य तथ्य छानबिन गरी दोषि उपर कडा काबाहिको माग गर्नुभएको छ ।

नेकपा माओवादी केन्द्रका उपमहासचिव समेत रहनुभएका शर्माले बर्षौ वर्षदेखि प्रतिक्षारत उक्त बेलिब्रिज रुकुम पश्चिम, जाजरकोट र डोल्पा जिल्ला सहित भेरी करिडोरका जनताहरुहरुको आर्थिक र सामाजिक जीवनसँग जोडिएको कुरा उल्लेख गर्नुभएको छ ।

पूर्व मन्त्री शर्माले उक्त घटनाबाट भएको मानविय र भौतिक क्षतीको कारण पत्ता लगाई दोषि उपर कारबाहि र पुल निर्माण कार्य यथासिघ्र सम्पन्न गर्न सामाजिक सञ्जाल मार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभएको छ ।

हिजो बिहिबार दिउँसो रुकुम पश्चिमको आठबीसकोट नगरपालिका –४ छोटेबगर र जाजरकोटको नलगाड नगरपालिका –१२ तल्लुबगर जोड्ने बेलिब्रिज निर्माणको क्रममा भाँचिएको थियो । बेलिब्रिज भाँचिदा दुई जना कामदारको मृत्यु भएको थियो भने सात जना घाईते हुनुभएको थियो ।

भेरि करिडोर अन्तगर्तको जाजरकोट–डोल्पा सडकखण्डको तल्लुबगरमा निर्माणधिन बेलिब्रिज निर्माणको जिम्मा हिमशिखर खड्का कृष्ण जेभीले लिएको छ । निर्माण कम्पनीले तीन करोड ८४ लाख रुपियाँको लागतमा बेलिब्रिज निर्माण गर्ने जिम्मा लिएको थियो ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८०  १४:०४
प्रतिक्रिया दिनुहोस्