Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

आठबीसकोटमा कक्षा ८ को मौका परीक्षा सञ्चालन

२०८० वैशाख १०
tribeni2
  • सत्य बटाला 

रुकुम पश्चिम / जिल्लाको आठबीसकोट नगरपालिकामा कक्षा ८ को आधारभूत ग्रेड वृद्धि (मौका) परिक्षा सुरु भएको छ ।

नगरपालिकाका शिक्षा शाखा संयोजक इन्द्र बिष्टका अनुसार आज र भोली कक्षा ८ को ग्रेडबृद्धिका लागि मौका परीक्षा हुनेछ । नगरपालिका रहेका चार विद्यालयका ४३७ जना विद्यार्थी आधारभूत ग्रेड वृद्धि परिक्षामा सहभागी रहेका रहेको विष्टले बताउनुभयो ।

जस मध्य हिमाल माध्यमिक बिद्यालय खदीका ५८ जना, ज्ञानोदय माध्यमिक विद्यालय गोतामकोटका ४८ जना, बालकल्याण माध्यमिक बिद्यालयका २६३ जना र आदर्श माध्यमिक बिद्यालयका ६६ जना छात्रछात्राहरु रहेको गुणस्तर शिक्षण सिकाइ प्रमुख थलविर ओलिले जानकारि दिनुभयो ।

कक्षा ८ मा दुई वटा विषयसम्म अुनतिर्ण भएका विद्यार्थीहरुको लागि मौका परीक्षा सञ्चालन गरिएको हो ।

यस अघि नगरस्तरिय आधारभूत परिक्षामा नगरपालिकामा जम्मा ८३२ जना सहभागी रहेका मध्य २५१ जना अर्थात ३० प्रतिशत विद्यार्थी मात्र उतिर्ण भएका थिए ।

प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०  १२:०४
प्रतिक्रिया दिनुहोस्