Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

नमूना आविको नयाँ भवन निर्माणको अन्तिम चरणमा

२०८० वैशाख १०
tribeni2
  • बालाराम शेर्पाली

रुकुम पुर्वको भूमे गाउँपालिका -३ मोराबाङमा रहेको नमूना आधारभूत विद्यालयमा नयाँ भवन निर्माण भईरहेको छ । विद्यालयको चार कोठे उक्त भवन निर्माणको काम अन्तिम चरणमा रहेको बताईएको छ ।

निर्माणको जिम्मा लिएको जय के जे निर्माण सेवाले विद्यालयको भवन निर्माणको ८० प्रतिशत काम सम्पन्न भईसकेको जनाएको छ । अब चाँडै नै निर्माण सकेर विद्यालयलाई हस्तान्तरण गरिने निर्माण व्यवसायीको भनाई रहेको छ ।

गत माघको ७ गते उक्त भवनको शिलान्यास गरिएको थियो । वडा अध्यक्ष प्रशुराम बुढाका अनुसार जय के जे निर्माण सेवाले ४४ लाखको लागतमा उक्त भवन बनाउन लागेको हो । उहाँले स्थानीय सरकारले शैक्षिक सुधारका लागि शिक्षा क्षेत्रमा जोड दिएको उल्लेख गर्नुभयो ।

भवन निर्माणको काम तिब्र गतिमा भएकोेले समयमै काम सम्पन्न हुने आशा देखिएको छ । समयमै काम सम्पन्न गर्ने निर्माण व्यवसायीलाई गउँपालिकाले सम्मान गर्ने समेत जनाएको छ ।

चार कोठे उक्त भवनमा अव छत ढलानको काम बाँकि रहेको के जे निर्माण सेवाका प्रमुख किरण बिकले जानकारी दिनुभयो।

नमूना आधारभूत विद्यालय मोरावाङमा हाल कक्षा १ देखी ८ सम्म पठनपाठन हुने गरेको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०  १२:०४
प्रतिक्रिया दिनुहोस्