Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

निर्मला रोकायाको मृत्यु दाबी रकम हस्तान्तरण

२०८० वैशाख १०
tribeni2

रुकुम पश्चिम / प्राईम लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड उपशाखा कार्यालय चौरजहारीले मृत्युदाबी रकम हस्तान्तरण गरेको छ ।

चौरजहारी नगरपालिका वडा नम्वर १ निवासी निर्मला रोकायाको असामयीक मृत्यु भएको हुँदा रोकायाका श्रीमान दैलेख निवासी राम बहादुर थापालाई मृत्युदाबी रकम हस्तान्तरण गरिएको उपशाखा कार्यालयका सहायक उत्तर आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार मृतक निर्मलाका श्रीमानलाई पाँच लाख २० हजारको चेक हस्तान्तरण गरिएको छ । आईतबार कार्यालयम मृत्युदाबी रकम हस्तान्तरण कार्यक्रम आयोजना गरेर उक्त रकम दिईएको आचार्यले बताउनुभयो ।

रामबहादुरले आफ्नो बच्चाको समेत दश लाख रकम बराबरको जीवन बीमा गरिदिनुभएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०  १४:०४
प्रतिक्रिया दिनुहोस्