सोसल मिडिया
नेपाल कम्युनीष्ट पार्टी नेकपाका नेता देवेन्द्र पौडेल सुनीलले आवश्यकता अनुसार मन्त्रीमण्डल पुर्नगठन हुन लागेको दावी गरेका छन् ।
मंगलबार रिपोर्टस क्लवमा भएको साक्षात्कारमा नेता पौडेलले हालको स्थिर सरकार नेकपाको नेतृत्वमा भएकाले आवश्यकताअनुसार पार्टीभित्रैबाट मन्त्रीमण्डल हेरफेर हुने बताएका हुन् ।
नेता पौडेलले रिक्त मन्त्रालयमा पदपुर्ती र केही हेर फेर गर्न छलफल भैरहेको बताए । नेता पौडेलले पार्टी एकता रहरमा नभएको भन्दै सहमतीका बुदाँअनुसार अघि बढ्नुको विकल्प नभएको बताए ।