Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

तनाव व्यवस्थापनका लागि रुकुम प्रहरीको 'कर्मचारी सँग-सँगै प्रमुख'  कार्यक्रम

२०८० वैशाख १०
tribeni2

रुकुम पश्चिम / जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले प्रहरी कर्मचारीहरु सँगसँगै कार्यालय प्रमुख कार्यक्रम शुभारम्भ गरेको छ ।

आईतबारदेखि उक्त कार्यक्रमको औपचारिक सुरुवात गरिएको हो । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक बिष्णु कुमार श्रेष्ठका अनुसार यस कार्यक्रम अन्तर्गत कार्यालय प्रमुख र प्रहरी कर्मचारीहरु हरेक बिहान सँगसँगै हिड्ने, सामुहिक नृत्य गर्ने लगायतका कार्यक्रमहरु रहेका छन् ।

जिल्लामा रहेको जुम्बा नृत्य समुहसँगको सहकार्यमा बिहान सबै प्रहरी कर्मचारीहरु सहभागी भएर सामुहिक नृत्य गर्ने, वाकिङ गर्ने, उदाहरणिय सामुहिक तथा सामाजिक कार्य गर्ने गरि कार्यक्रम सुरु भएको हो ।

सामुहिक नृत्य, वाकिङ लगायतका अन्य कार्यहरुमा कार्यालय प्रमुख नमराज भट्टराईसँगै सबै प्रहरी कर्मचारीहरु रहने प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । Waking With together को नामले समेत चिनिने यस कार्यक्रमको लागि जिल्ला प्रहरी कार्यालयले पोशाकमा एकरुपता ल्याएको छ ।

सबै प्रहरीहरुलाई नयाँ पोशाक समेत उपलब्ध गराएर बिहान कार्यालय प्रमुखसँगै हिडाउने, तनाव व्यवस्थापनका लागि सामुहिक नृत्य गराउने कार्यक्रम नियमित हुने कार्यालयले जनाएको छ । यस कार्यक्रमले लामो समयसम्म ड्युटी मात्रको कारण हुनसक्ने तनाव, अन्य व्यक्तिगत तनाव तथा शारिरीक तन्दुरुष्तीमा मदत पुग्ने साथै कर्मचरीहरुमा पेशाप्रति उत्प्रेरणा जाग्ने विश्वास गरिएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०  २१:०४
प्रतिक्रिया दिनुहोस्