नेभिगेशन
राजनीति

प्रतिनिधि सभा सदस्यका उम्मेदवार राजन पाण्डेको चुनावी खर्च सार्वजनिक

रुकुम पश्चिम / गत मङिसर ४ मा सम्पन्न प्रतिनिधि सभा सदस्य चुनावमा रुकुम पश्चिमबाट स्वतन्त्र तर्फबाट उम्मेदवारी दिनुभएका राजन पाण्डेले आफ्नो चुनावी खर्च सार्वजनिक गर्नुभएको छ ।

चुनाव सम्पन्न भएपश्चात नियामानुसार मङिसर २९ गते जिल्ला निर्वाचन कार्यालय रुकुम पश्चिममा खर्च विवरण बुझाउनु भएका उम्मेदवार पाण्डेले हाल उक्त खर्च विवरण सार्वजनिक गर्नुभएको हो ।

पाण्डेले सार्वजनिक गरेको खर्च विवरण अनुसार चुनावमा उहाँले एक लाख नौ हजार ५० रुपिँया खर्च गर्नुभएको छ ।

उहाँले चुनावमा प्रयोग गरिएको गाडि भाडामा ५२ हजार पाँच सय, राष्ट्रिय झण्डा तथा पम्पलेट तयारीमा १४ हजार चार सय, ब्यानर तथा झण्डा बनाउँदा सात हजार, पेट्रोल तथा डिजेल वापत १३ हजार चार सय र खाना तथा नास्ता खर्चमा २१ हजार ७५० रुपिँया खर्च भएको बताउनुभएको छ ।

पाण्डेले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७२ अनुसार निर्वाचन आयोगद्वारा स्वीकृत आचारसंहिता बमोजिम निर्वाचनमा खर्च गरेको बताउनुभयो । उहाँले चुनावमा अन्य उम्मेदवारहरु भन्दा आफूले सबै भन्दा कम रकम खर्च गरेको उल्लेख गर्नुभयो ।

निर्वाचन आयोगले मङिसर ४ मा सम्पन्न प्रतिनिधी सभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिई निर्वाचित वा पराजित भएका सबै उम्मेदवारले चुनावमा गरेको खर्च विवरण सार्वजनिक गर्न सूचना प्रकाशन गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति