Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

भूमेमा आगामी वर्षको नीति तथा कार्यक्रमका लागि सरोकारवालासँग छलफल

२०८० वैशाख ११
tribeni2
  • बालाराम शेर्पाली

रुकुम पूर्वको भूमे गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रम तर्जुमा सम्बन्धी छलफल तथा अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

सोमबार भूमे गाउँपालिको कार्यालय खाबाङ बगरमा सरोकारवालाहरुसँग अन्तरक्रिया गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले टोलस्तर देखि विभिन्न लक्षित वर्ग र सरोकारवालाहरुसँग छलफल गरेर जनताले चाहेको र खोजेको विकासको कामका लागि अन्तरक्रिया गरिएको गाउँपालिका अध्यक्ष होम प्रकाश श्रेष्ठले बताउनुभयो ।

सफा हरियाली र समृद्ब भूमेको पहिचानलाई आत्मसाथ गर्दै गाउँपालिकाले सबै सरोकारवालाहरुको सल्लाह र सुझाव अनुसार आगामी आर्थिक वर्षको बजेट विनियोजित गरिने पनि गाउँपालिका अध्यक्ष श्रेष्ठले उल्लेख गर्नुभयो ।

गाउँपालिकाले लक्षित वर्ग, समुदाय तथा सरोकारवालाहरुसँग छलफल कार्यक्रम मार्फत सुझाव लिएको हो। महिला, बालबालिका, दलित, अपाङ्ता भएका व्यक्ति, जेष्ठ नागरिक, अल्पसङख्यहरु सम्मिलित छलफलमा उनीहरुले सोचेको जस्तो विकास हुन नसकेको गुनासो गरेका छन् । कागजी रुपमा हक हितका सवालमा प्रगती भएतापनि व्यवहारमा पूर्णतः लागु नभएको भन्दै उनीहरुले ध्यानाकर्षण गराएका छन् ।

कार्यक्रममा द्धन्दपीडीत प्रतिनिधि लिला प्रसाद सुनारले आफूहरुको सवाल ओझेलमा पारिएको गुनासो गर्नुभयो । अपांगता भएका भूमे गाउँपालिका ३ का फर्कबहादुर पुनले अपांगता भएका केहि व्यक्तिहरु सेवा सुविधा पाउनबाट बञ्चित भएको उल्लेख गर्नुभयो । उहाँले फरक क्षमता भएका व्यक्तिहरुको क्षमताको सदुपयोग गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्नुहँदै भूमे गाउँपालिका उपाध्क्षय सबिना बुढाले सहभागीहरुको सुझाव र गुनासो मनासिव रहेको बताउनुभयो । आफू लक्षित वर्गकै हितमा रहेको उहाँले प्रष्ट पार्नुभयो । आगामी वर्षको बवेट सबै तहका व्यक्तिहरुको माग अनुसार कै हुने उहाँले विश्वास दिलाउनुभयो ।

कार्यक्रममा भूमे गाउँपालिका अध्यक्ष होम प्रकाश श्रेष्ठले आगामी वर्षको योजना तथा बजेट विकास, शिक्षा, लक्षित वर्गको हित लगायतका क्षेत्रलाई प्राथमिकता दिएर ल्याईने जनाउनुभयो ।

गाउँपालिका अध्यक्ष होम प्रकाश श्रेष्ठको अध्क्ष्यतामा भएको कार्यक्रममा भएको कार्यक्रममा उपाध्यक्ष सबिना बुढा, नेकपा एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्य उपेन्द्रालाल कामी, भूमे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठ, नेकपा भूमे गाउँपालिका उपाध्यक्ष लिला प्रसाद सुनार, सहकर्मी समाजका फिल्ड अधिकृत माया बोहोरा, नेपाली काँग्रेसका जोखन बुढा, वडाअध्यक्षहरु तथा सदस्यहरु लगायत लक्षीत वर्ग तथा सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । 

प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  २१:०४
प्रतिक्रिया दिनुहोस्