Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

नेशनल लाईफद्वारा मृत्युदाबी रकम हस्तान्तरण

२०८० वैशाख १२
tribeni2

रुकुम पश्चिम / नेशनल लाईफ ईन्स्योरेन्स कम्पनि लिमिटेड रुकुम पश्चिम शाखाले मृत्यु दाबी रकम हस्तान्तरण गरेको छ ।

शाखा प्रमुख टंक हमालका अनुसार मुसिकोट नगरपालिका १२ का लिलाध्वज खड्काको असामयीक निधन भएकोले उहाँको श्रीमती कृष्णा खड्कालाई मृत्यु दाबी रकम दिईएको हो ।
लिलाध्वजले छोरा सन्देश खड्काको दुई लाख बिमाङक रकमको बिमा गरेर आफू प्रस्तावक रहनुभएको थियो ।

बाल अमृत बिमा लेख अन्तरर्गतको उक्त बीमाबाट हाल मृतक लिलाध्वजको श्रीमतीलाई हाल दुई लाख रकमको चेक उपलब्ध गराईएको शाखा प्रमुख हमालले बताउनुभयो ।

उहाँका अनुसार अहिले मृत्यु दाबी रकम भुक्तानी गरिएको छ भने अब बाँकि किस्ता मिनाह हुनेछ । अवधी पुरा भएमा फेरि पनि दुई लाख र पुरै अवधीको बोनस रकम भुक्तानी गरिने छ ।

मृत्यु दाबी भुक्तानी कार्यक्रममा नेशनल लाईफ ईन्स्योरेन्सका नेशनल लिडर लाल बहादुर बोहरा, पुष्पा खड्का लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  ०८:०४
प्रतिक्रिया दिनुहोस्