Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बाल विवाह बिरुद्ध सशक्त कार्य गर्न क्षमता विकास तालिम

२०८० वैशाख १३
tribeni2

रुकुम पश्चिम / बाल विवाह बिरुद्धको अभियानलाई थप सशक्त बनाउनको लागि रुकुम पश्चिममा अभिमुखिकरण सञ्चालन गरिएको छ ।

बाल विवाह विरुद्ध साझा अभियान सञ्जालका जिल्ला पदाधिकारीहरुको क्षमता विकासका लागि मुसिकोटमा अभिमुखिकरण सुरु गरिएको हो ।

बुधबार मुसिकोटमा बाल विवाह विरुद्ध साझा अभियान सञ्जाल रुकुम पश्चिमको आयोजनामा दुई दिने अभिुखिकरण सुरु भएको सञ्जालका सह संयोजक नरबहादुर लम्सालले जानकारी दिनुभयो ।

उहाँका अनुसार लैंगिक हिंसा, बाल अधिकार, बाल संरक्षण र वालविवाहको क्षेत्रमा थप पैरवी तथा वकालत गर्नको लागि अभिमुखिकरण आयोजना गरिएको हो । उहाँका अनुसार जिल्लामा वालविवाहको अवस्था बढ्दो अवस्थामा भएकोले रोकथाम तथा सचेतनाको लागि कार्य गर्न तालिम फलदायी हुने विश्वास लिईएको छ ।

तालिमको सहजिकरण आवाज सस्था सुर्खेतका कार्यक्रम व्यवस्थापक शुसिल कार्की र बाल विवाह विरुद्ध साझा अभियान सञ्जाल कर्णाली प्रदेशका अभियान संयोजक चेतन गिरीले गरिरहनुभएको छ ।

 

प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८०  १६:०४
प्रतिक्रिया दिनुहोस्