Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सानीभेरीमा १० नम्वर वडा कार्यालयको भवन उद्घाटन

२०८० वैशाख १३
tribeni2

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्वर १० को कार्यालय भवन उद्घाटन गरिएको छ । बुधबार एक औपचारिक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष बिर्खबहादुर बिष्टले भवनको उद्घाटन गर्नुभएको हो ।

भवन उद्घाटनपछि बोल्नुहुँदै गाउँपालिका अध्यक्ष बिष्टले सानीभेरीमा आफ्नै कार्यालय भवन निर्माण गर्ने पहिलो वडा कार्यालय वडा नम्वर १० नै भएको बताउनुभयो । उहाँले अबको पाँच वर्ष भित्र गाउँपालिकाका सबै वडाहरुमा कार्यालय भवन तयार भईसक्ने दाबी गर्नुभयो । वडा नम्वर १० को कार्यालय भौगोलिक हिसाबले पनि उपयुक्त ठाउँ रहेको उहाँको भनाई रहेको छ ।

उक्त कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक बुढाथोकीले भौतिक निर्माणमा पहिलो भएको वडा कार्यालय मानविय सेवा प्रवाह पनि पहिलो हुनुपर्ने बताउनुभयो ।

गाउँपालिकाका ११ वटा वडाहरु मध्य १ नम्वर वडा कार्यालय साविकको गाविस भवनमा सञ्चालन भइरहेको छ भने १० नम्वर वडाले अहिले आफ्नै भन तयार पारेको हो । भवन उद्घाटन कार्यक्रममा स्थानीय हर्के खड्का र दक्ष मिस्त्री बिर्खबहादुर विष्टलाई सम्मान समेत गरिएको थियो ।

वडा अध्यक्ष टिकाराम खड्काको अध्यक्ष्तामा भएको भवन उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष बिर्खबहादुर विष्टको प्रमुख आथित्यता रहेको थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कमला रोका पुनको आथित्यता रहेको थियो ।

त्यसैगरी कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दिपक बुढाथोकी, सामाजिक विकास संयोजक एवम् वडा नम्वर ९ का वडा अध्यक्ष शेरबहादुर खड्का, वडा नम्वर ७ का वडाध्यक्ष कुलबहादुर विसी, पुर्व वडा अध्यक्ष कर्णविर डाँगी, गाउँपालिकाका योजना शाखा प्रमुख मिनाराम केसी, लेखा शाखाका दिनेश ओली, नेपाली काँग्रेसका लोकबहादुर डाँगी, नेकपा एमाले धर्मबहादुर खड्का, नेकपा माओवादी केन्द्रका शेरबहादुर खड्का लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन वडा सचिव पूर्णबहादुर डाँगीले गर्नुभएको थियो ।

प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८०  २०:०४
प्रतिक्रिया दिनुहोस्