रुकुमका बलाराम विश्वकर्मालाई हिमालय लोक स्टारको उपाधी

२०८० वैशाख १३

काठमाडौं / रूकुम पश्चिमका बलाराम विश्वकर्माले हिमालय लोक स्टारको उपाधी जित्नुभएको छ ।

सानीभेरी गाउँपालिका ३ निवासी विश्वकर्मा आज बुधबार भएको फाइनलबाट स्टार बन्नुभएको हो ।

उहाँले फाइनल पुगेका ६ प्रतिस्पर्धी मध्ये सबैभन्दा धेरै मत ल्याएर लोक स्टारको उपाधी पाउनुभएको हो । लोक स्टार बन्न सफल विश्वकर्माले नगद १५ लाखको साथमा सात लाखको जीवन बीमा र अन्य पुरस्कार समेत प्राप्त गर्नुभएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८०  २२:०४
प्रतिक्रिया दिनुहोस्