Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

आठबीसकोटमा चट्याङ लागेर एक बालक घाईते, भैसी र बाख्रा मरे

२०८० वैशाख १५
tribeni2

रुकुम पश्चिम / बिहिबार राती चट्याङ लागेर रुकुम पश्चिममा एक बालक घाईते भएका छन् । जिल्लाको आठबीसकोट नगरपालिका वडा नम्वर १२ मा चट्याङ लागेर स्थानीय जोख बहादुर कुसारीका १४ वर्षिय छोरा बिशाल कुसारी घाईते भएकाे प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक विष्णु प्रसाद श्रेष्ठका अनुसार घाईते बालकको अहिले आठबिसकोट नगर अस्पतालमा उपचार भईरहेको छ । घाइतेकाे  अवस्था सामान्य रहेकाे जनाइएकाे छ ।

चट्याङ लागेर कुसारीको घरमा बाँधिएको एक वटा भैसी र दुई वटा बाख्रा मरेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार एक वटा भैसी घाईते रहेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्