Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

अवैध काठ कटानको मुद्धामा एक जनालाई कैद र जरिवानाको फैसला

२०८० वैशाख १५
tribeni2

रुकुम पश्चिम / अवैध काठ कटान तथा चिरान मुद्धा लागेका एक जनालाई रुकुम अदालतले कैद र जरिवाना तोकेको छ ।

जिल्लाको चौरजहारी नगरपालिका १० का कमल केसीलाई १४ दिन कैद र ५० हजार जरिवानाको फैसला भएको हो । बिहिबार जिल्ला न्यायधीस खड्क बहादुर केसीको इजलासले उक्त फैसला गरेको हो ।

जिल्ला अदालत रुकुमका श्रेष्तेदार कृत बहादुर बोहराका अनुसार केसी बिरुद्ध डिभिजन वन कार्यालय रुकुम पश्चिम मार्फत चलेको मुद्धाको फैसला भएको हो । केसीलाई कैद, जरिवानाको साथै बरामद गरिएको काठ र काठ चिर्ने मेशिन जफत गर्ने समेत फैसला भएको श्रेष्तेदार बोहोराले बताउनुभयो ।

१६२.४ क्युफिट सल्ला जातको काठ र काठ चिरानमा प्रयोग हुने आरा मेशिन जफत गर्ने फैसला भएको हो ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८०  १२:०४
प्रतिक्रिया दिनुहोस्