Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सार्वजनिक बिदाको दिन पनि रुकुम प्रशासनले सेवा दिने

२०८० वैशाख १५
tribeni2

रुकुम पश्चिम / जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले सार्वजनिक बिदाको दिनमा पनि सेवा प्रवाह गर्ने जनाएको छ । प्रशासन कार्यालयले एक सूचना मार्फत सार्वजनिक बिदा परेका १६ दिनमा पनि सेवा प्रवाह गर्ने जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तले नेपाल राजपत्रमा प्रकाशित सूचना बमोजिम सार्वजनिक सेवा प्रवाह सम्बन्धी बिशेष व्यवस्थामा उल्लेख गरिए अनुसार सार्वजनिक बिदाको दिनमा पनि सेवा दिईने बताउनुभयो । उहाँले कार्यालयसँग सम्बन्धीत नागरिकता, रािष्ट्रय परिचयपत्र तथा राहदानीका सेवाहरु सार्वजनिक बिदाको दिनमा समेत प्रवाह गरिने उल्लेख गर्नुभयो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार यस वर्षको बैशाख २२ गते पर्ने उभौली पर्व तथा बुद्ध जयन्ती, जेठ १५ गते पर्ने गणतन्त्र दिवस, भदौ १४ गतेको रक्षा बन्धन, भदौ २० गते पर्ने श्रीकृष्णाष्टमी, भदौ २८ गते पर्ने घटस्थापना, पुस ९ गते पर्ने क्रिसमस डे र पुस १० गते पर्ने उभौली पर्व तथा धान्य पुर्णिमाको दिन पनि सेवा प्रवाह गरिनेछ ।

त्यसैगरी पुस १५ गते पर्ने तमु ल्होसार, पुस २७ गतेको पृथ्वी जयन्ती, माघ १ गते माघी पर्व, माघ २७ गतेको सोनाम ल्होसार, फागनु १ गतेको जनयुद्ध दिवस, फागुन ७ गते पर्ने राष्ट्रिय प्रजातन्त्र दिवस, फागुन २५ गते पर्ने महाशिवरात्री तथा अन्तराष्ट्रिय महिला दिवस, फागुन २८ गते पर्ने ग्याल्पो ल्होसार र ईद उल फित्र तथा उल अजाहाको दिनमा जिल्ला प्रशासन कार्यालयले सेवा प्रवाह गर्नेछ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८०  १२:०४
प्रतिक्रिया दिनुहोस्