Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

उपराष्ट्रपतिले रोपे १६ प्रजातीका विरुवा

काठमाडौं १५ असार ।
tribeni2
राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा उपराष्ट्रपति भवन ग्रीनहाउसमा १६ फलफूल तथा विभिन्न प्रजातिका विरुवा रोपिएको छ । उपराष्ट्रपति नन्दबहादुर पुन पासाङले आफ्ना सहयोगी र सुरक्षाकर्मी सहित शनिबार एबोकाडोदेखि रक्तचन्दनसम्मका विरुवा रोपेका हुन् । 

ग्रीनहाउस परिसरमा रक्तचन्दन, लालीगुराँस, शिरीसको फूल, असारे फूल, श्रीखण्ड, शितलचिनी, हलुवाबेद, मन्तला, स्वमी, रुदाक्ष, वुद्धचित्त, धोपी, सुन्तला, कागती र आलुखेडा गरी १६ प्रजातिका फलफूल तथा रुखका  विरुवा रोपिएको हो । 
 
तस्विरः 
 
प्रकाशित मिति: आइतबार, असार १५, २०७६  ०७:०६
प्रतिक्रिया दिनुहोस्