Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सानीभेरीमा ४१ जना बालबालिकालाई शैक्षिक सामाग्री प्रदान

२०८० वैशाख १५
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाका ४१ जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री प्रदान गरिएको छ ।

शुक्रबार गाउँपालिकामा एक कार्यक्रम आयोजना गरेर बालबालिकाहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको हो ।

सानीभेरी गाउँपालिकाले २९ जना र सामाजिक विकास कार्यालय रूकुम पश्चिमले १२ जना बालबालिकालाई सहयोग गरेको हो । गाउँपालिका अध्यक्ष बिर्खबहादुर विष्ट, उपाध्यक्ष कमला रोका पुन, प्रमुख प्रशासकिय अधिकृत दिपक बुढाथोकी लगायतले उक्त सामाग्रीहरु हस्तान्तरण गर्नुभएको हो । 

गाउँपालिकाका बाल अधिकार अधिकृत मानविर ओलीका अनुसार विभिन्न कारणले समस्यामा रहेका बालबालिकाहरूलाई जनहि पाँच हजार बराबरका शैक्षिक सामाग्री प्रदान गरिएको हो ।
बालबालिकाहरु अध्ययनरत विद्यालय र वडा कार्यालयको सहकार्य उक्त कार्यक्रम गरिएको हो ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८०  १७:०४
प्रतिक्रिया दिनुहोस्