Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बेलिब्रिज भाँचिएको घटनाको छानबिन सुरु

१५ दिन भित्र यथार्थ प्रतिविदेन सडक विभागलाई बुझाईने
२०८० वैशाख १६
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिम र जाजरकोट जोड्ने ठुलीभेरी नदिमाथी बन्न लागेको मोडुलर पुल (बेलिब्रिज) भाँचिएको घटनाको छानबिन सुरु भएको छ ।

रुकुम पश्चिमको आठबीसकोट नगरपालिका –४ छरेबगर र जाजरकोटको नलगाड नगरपालिका –१२ तल्लुबगर जोड्ने बेलिब्रिज निर्माणको क्रममा भाँचिएपछि सडक विभागले छानबिन सुरु गरेको हो ।

भेरी करीडोर अन्तर्गतको उक्त पुल निर्माणको क्रममा वैशाख ७ गते दुर्घटना हुँदा दुई जना कामदारको मृत्यु भएको थियो भने सात जना घाईते हुनुभएको थियो । सडक विभागले घटनापछि सङघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय सुर्खेतका प्रमुख रुपकराज भण्डारीको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

उक्त समितिले बिहिबार घटनास्थल पुगेर अनुसन्धान तथा छानबिनको काम सुरु गरेको जनाएको छ । पुल जडानको क्रममा भएको दुर्घटनाको कारण, मानवीय एवम् भौतिक क्षतिको यथार्थ विवरण सुझाव सहित प्रतिवेदन तयार गरेर पेश गर्नेगरी काम सुरु गरिएको छानबिन समितिका संयोजक भण्डारीले बताउनुभयो । घटनास्थलमा रहेका केहि कामदार, प्रत्यक्षदर्शी, साईट इन्जिनियर तथा सुपरिवेक्षक, निर्माण व्यवसायीसँगको छलफल र भाँचिएको पुलको अध्ययनसहित प्रतिवेदन तयार पारिने उहाँले जानकारी दिनुभयो ।

समितिलाई १५ दिनको कार्यावधि तोकिएकोले उक्त समय भित्र प्रतिवेदन तयार पारेर विभागलाई बुझाउने गरि काम गरिरहेको छानबिन समितिले जनाएको छ । छानबिन समितिले पुल निर्माणको कामलाई निरन्तरता दिन समेत निर्माण व्यवसायीलाई अनुरोध गरेको बताईएको छ ।

सडक डिभिजन कार्यालय चौरजहारीले समेत उक्त घटनाको अनुगमन गरेको थियो । डिभिजन कार्यालयका प्रमुख आशुतोष कर्णले निर्माणाधिन पुलमा क्रेन चढाएपछि समस्या आएको बताउनुभयो । भुईको भागबाट सामान पु¥याउन असम्भव देखिएपछि पुलमै क्रेन चढाईएको र पुलको नट बोल्ट राम्रोसँग नकसिएकोले दुर्घटना भएको उहाँको बुझाई रहेको छ ।

वर्षौदेखि प्रतिक्षारत उक्त बेलिब्रिज रुकुम पश्चिम, जाजरकोट र डोल्पा जिल्लासहित भेरी करिडोरका जनताहरुहरुको आर्थिक र सामाजिक जीवनसँग जोडिएको बताईएको छ । भेरि करिडोर अन्तगर्तको जाजरकोट–डोल्पा सडकखण्डको तल्लुबगरमा निर्माणधिन ४८ मिटर लामो उक्त बेलिब्रिज निर्माणको जिम्मा हिमसगरमाथा खड्का कृष्ण जेभी काठमाडौंले लिएको थियो ।

निर्माण कम्पनीले तीन करोड ८४ लाख रुपियाँको लागतमा बेलिब्रिज निर्माण गर्ने जिम्मा लिएको सडक डिभिजन कार्यालय चौरजहारीले जनाएको छ । २०७६ पुस २६ मा निर्माणका लागि सम्झौता गरेको जेभीले २०७९ माघ ३० सम्ममा निर्माण सम्पन्न गरिसक्नुपर्ने अवधि तोकिएको थियो ।

प्रकाशित मिति: शनिबार, वैशाख १६, २०८०  १२:०४
प्रतिक्रिया दिनुहोस्