Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सार्वजनिक बिदामा पनि भेटेरिनरी सेवा दिईने

२०८० वैशाख १७
tribeni2

रुकुम पूर्व / एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय रुकुम पूर्वले सार्वजनिक बिदाको दिनमा पनि सेवा प्रवाह गर्ने जनाएको छ ।

आईतबार एक सूचना प्रकाशन गर्दै कार्यालयले २०८० सालमा सार्वजनिक बिदा परेका मध्य १६ दिनमा पनि सेवा प्रवाह गर्ने जनाएको छ ।

कार्यालय प्रमुख पिताम्बर बस्नेतका अनुसार नेपाल राजपत्रमा प्रकाशित सूचना बमोजिम सार्वजनिक सेवा प्रवाह सम्बन्धी बिशेष व्यवस्थामा उल्लेख गरिए अनुसार सार्वजनिक बिदाको दिनमा पनि सेवा दिईने छ । उहाँले कार्यालयसँग सम्बन्धीत भेटेरिनरी सेवा (पशुपंक्षी उपचार सेवा) सार्वजनिक बिदाको दिनमा समेत प्रवाह गरिने उल्लेख गर्नुभयो ।

एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका अनुसार यस वर्षको बैशाख २२ गते पर्ने उभौली पर्व तथा बुद्ध जयन्ती, जेठ १५ गते पर्ने गणतन्त्र दिवस, भदौ १४ गतेको रक्षा बन्धन, भदौ २० गते पर्ने श्रीकृष्णाष्टमी, भदौ २८ गते पर्ने घटस्थापना, पुस ९ गते पर्ने क्रिसमस डे र पुस १० गते पर्ने उभौली पर्व तथा धान्य पुर्णिमाको दिन पनि सेवा प्रवाह गरिनेछ ।

त्यसैगरी पुस १५ गते पर्ने तमु ल्होसार, पुस २७ गतेको पृथ्वी जयन्ती, माघ १ गते माघी पर्व, माघ २७ गतेको सोनाम ल्होसार, फागनु १ गतेको जनयुद्ध दिवस, फागुन ७ गते पर्ने राष्ट्रिय प्रजातन्त्र दिवस, फागुन २५ गते पर्ने महाशिवरात्री तथा अन्तराष्ट्रिय महिला दिवस, फागुन २८ गते पर्ने ग्याल्पो ल्होसार र ईद उल फित्र तथा उल अजाहाको दिनमा कार्यालयले सेवा प्रवाह गर्नेछ ।

प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  १९:०४
प्रतिक्रिया दिनुहोस्