Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पूर्वमा प्रहरीद्वारा २१० रोपनी जग्गामा लगाईएको अफिम खेती नष्ट

२०८० वैशाख १७
tribeni2

रुकुम पूर्व / जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले अवैध लागु औषध (अफिम) खेतीलाई नष्ट गर्न थालेको छ । जिल्लाका विभिन्न स्थानहरुमा लगाईएको अफिम खेती फूल खेल्ने अवस्थामा रहेको बेला प्रहरीले नष्ट गर्न थालेको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्णबहादुर खत्रीका अनुसार पछिल्लो पटक जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका ५ को हुकाम क्षेत्रमा लगाईएको अफिम खेती नष्ट गरिएको छ । त्यस क्षेत्रको करिब २१० रोपनी जग्गामा लगाईएको अवैध खफिम खेती नष्ट गरिएको सूचना अधिकारी खत्रीले बताउनुभयो ।

प्रहरी निरीक्षक खत्रीकै नेतृत्वमा गएको प्रहरीले अवैध अफिम खेती नष्ट गरेको हो ।

उहाँका अनुसार त्यस क्षेत्रमा छिटफुट मात्रामा रहेको अन्य स्थानको अवैध खेती नष्ट गरिने छ भने जिल्लाका अन्य स्थानहरुमा लगाईएको अफिम खेती पनि नष्ट गरिनेछ ।

अन्य स्थानहरुमा पनि अफिम खेती गरिएको सूचना आएकोले प्रहरीले नष्ट गर्ने क्रममा रहेको बताईएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  १९:०४
प्रतिक्रिया दिनुहोस्