बैशाख पूर्णिमा मेलाको अवसरमा ज्यामिरकोटमा खेलकुद र साँस्कृतिक कार्यक्रम हुँदै

२०८० वैशाख १७

रुकुम पश्चिम / रुकुम पश्चिमको आठबीसकोट नगरपालिका -१४ ज्यामिरकोटमा विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रम हुने भएको छ ।

स्थानीय ठकुरी सञ्जाल युवा समुहको आयोजनामा वैशाख २० गतेदेखि २३ गते सम्म उक्त कार्यक्रम हुने भएको हो ।

विगत देखि नै लाग्दै आएको बैशाख पुर्णिमा मेलाको अवसरमा विविभ खेलकुद सहित साँस्कृतिक कार्यक्रम आयोजना गरिएको युवा समुहका सचिव रमेश मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार मेलामा पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको छ ।

उक्त प्रतियोगिताको प्रथम पुरस्कार १५ हजार ११५, दोश्रो पुरस्कार १० हजार ११० र तृतीय पुरस्कार सात हजार १०५ राखिएको छ । भलिबल टिम दर्ताको लागि २० गते बिहान १० बजे देखि दिउँसो २ बजेको समय तोकिएको छ भने दर्ता शुल्क एक हजार पाँच सय तोकिएको छ ।

त्यसैगरी मेलामा घैटो फोर प्रतियोगिता आयोजना गरिएको छ । घैटो फुटाउने प्रतियोगिताको पुरस्कार एक हजार राखिएको छ भने सहभागीताको लागि दर्ता शुल्क एक सय तोकिएको छ ।

मेलामा विभिन्न साँस्कृतिक कार्यक्रमहरु समेत राखिएको सचिव मल्लले जानकारी दिनुभयो । मेलामा मयुर नाच, धामी नाच, खुल्ला नृत्य प्रतियोगिता, नाटक मञ्चन, लोकदोहोरी र स्थानीय नाचहरु प्रस्तुत हुने बताईएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  २१:०४
प्रतिक्रिया दिनुहोस्