Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

प्रथम मिस्टर एण्ड मिस मुवा थाईको छनौट चितवनमा

चितवन, १५ असार ।
tribeni2

प्रथम मिस्टर एण्ड मिस मुवा थाई प्रतियोगिता अन्तर्गत पहिलो चरणमा खेलाडी छनौट तथा उनीहरुको फोटो सेसन गरिएको छ ।

नेपाल राष्ट्रिय मुवा थाई संघको आयोजना तथा चितवन मुवा थाई संघको समन्वयमा सुरु भएको मिस्टर एण्ड मिस मुवा थाईमा देशभरीका उत्कृष्ट खेलाडीहरु सहभागी छन् ।


प्रतियोगितामा पुरुष तर्फ ५०, ५५, ६०, ६५ र ७० किलो तौल समूहमा खेलाडीहरु सहभागी छन् भने महिला तर्फ ५१ र ५६ किलो तौल समूहमा सहभागी छन् । प्रतियोगिताको दोस्रो चरणमा खेलाडीहरुबीचमा फाइट गराइने नेपाल राष्ट्रिय मुवा थाई संघका अध्यक्ष गणेशलाल कक्षपतीले जानकारी दिए । प्र्रत्येक तौल समूहबाट उत्कृष्ट दुई जना छनौटगरि काठमाडौंमा फाइनल प्रतिस्पर्धा गराइने कक्षपतीले बताए ।

प्रत्येक तौल समूहबाट विजेता खेलाडीहरुमध्ये भोटिङबाट मिस्टर मुवा थाई र मिस मुवा थाई छनौट गरिने कक्षपतीले बताए । खेलको माध्यमबाट व्यक्तित्व विकास, खेलाडीको नेतृत्व विकास, खेलाडीबीच मित्रता बढाउने तथा खेलको लोकप्रियता बढाउनका लागि प्रतियोगिताको आयोजना गरिएको चितवन मुवा थाई संघका अध्यक्ष उत्तम गुरुङले बताए । सो प्रतियोगितामा पाँच जना महिला तथा २२ जना पुरुष मुवा थाई खेलाडीहरु सहभागी छन् ।

प्रकाशित मिति: आइतबार, असार १५, २०७६  ०८:०६
प्रतिक्रिया दिनुहोस्