राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी संगठन लुम्बिनीको प्रथम अधिवेशन सम्पन्न

२०८० वैशाख १८

दाङ / राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी संगठन लुम्बिनी प्रदेशको प्रथम अधिवेशन सम्पन्न भएको छ ।

सोमबार दाङको राप्ती गाउँपालिका, देउखुरी उपत्यकामा सम्पन्न भएको अधिवेशनबाट धनबहादुर बुढाक्षेत्रीको अध्यक्षमा १७ सदस्यीय कार्यसमिति चयन गरिएको छ ।

राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी संगठनका केन्द्रिय सचिवालय सदस्य रमिता यादवका अनुसार संगठनको प्रदेश उपाध्यक्षमा बिजय बि.क., बसन्त चौधरी र पदम घर्ती, सचिवमा बसन्त भुषाल, सह-सचिवमा रामकुमारी खड्का, कोषाध्यक्षमा संजिव खड्का र सह-कोषाध्यक्षमा जितकुमार शर्मा चयन हुनुभएको छ ।

त्यसैगरी सदस्यहरुमा लेपेन्द्र बुढाथोकी, कृष्णप्रसाद श्रेष्ठ, पठबिर बुढाक्षेत्री, धनबहादुर केसी, रबिन्द्र नेपाली, चन्द्रबहादुर घर्ती, बिरबहादुर राहुमगर, टेक नारायण चौधरी र देवबहादुर महतारा चयन हुनुभएको छ ।

केन्द्रिय सचिवालय सदस्य यादवले दिनुभएको जानकारी अनुसार प्रथम अधिवेशनको उद्घाटन सत्रमा संगठनका केन्द्रिय उपाध्यक्ष ज्ञानप्रसाद पौडेलको अध्यक्षता रहेको थियो भने लुम्बिनी प्रदेश सरकारका मन्त्री धनबहादुर मास्केको प्रमुख आथित्यता र संगठनका केन्द्रिय अध्यक्ष लिलाराम थापाको बिशिष्ट आथित्यता रहेको थियो ।

प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८०  २१:०५
प्रतिक्रिया दिनुहोस्