Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बाङ्गेलाखुरी–सिमखोली सडक दैनिक १० घण्टा बन्द हुने

२०८० वैशाख २०
tribeni2

सल्यान / राप्ती राजमार्गअन्तर्गत सल्यानको बाङ्गेलाखुरी देखि सिमखोली सम्मकाे सडक बुधबारदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय सल्यानले सूचना प्रकाशन गरेर दैनिक १० घण्टा सडक बन्द हने जानकारी गराएको छ । नियमित गाडी सञ्चालनमा आउँदा सडक स्तोरन्नतिको काममा अवरोध सिर्जना भएपछि सडक बन्द गरिएको हो ।

बुधबार वैशाख २० देखि २७ गतेसम्म आठ दिनका लागि उक्त सडक खण्ड बन्द गरिएको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ । बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र राति ८ बजेदेखि बिहान २ बजेसम्म सडक पूर्ण रुपमा बन्द हुने जनाईएको छ ।

तीन किलोमिटर क्षेत्रमा पर्ने ओरालो सडक खण्डमा कटिङ, ग्याबिन पर्खाल लगाउनुपर्ने भएकाले सवारी साधन सञ्चालनमा आउँदा दुर्घटनाको जोखिम हुने भएकाले सडक डिभिजन कार्यालय दाङको आग्रह तथा समन्वयमा सूचना प्रकाशन गरेर सडक पूर्ण रुपमा बन्द गरिएको प्रशासन कार्यालयले जनाएको छ ।

राप्ती राजमार्गअन्तर्गत बाङ्गेलाखुरी–सिमखोली सडकको स्तरोन्नति गर्ने अवधि यहि असारसम्म मात्र रहेको र गाडी नियमित चल्दा कामले गति लिन नसकेको भन्दै सडक १० घण्टा बन्द गर्नुपरेको सडक डिभिजन कार्यालय दांगले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  २०:०५
प्रतिक्रिया दिनुहोस्