रुकुम कप : आज सेमिफाईनलका दुई खेल हुने

२०८० वैशाख २३

रुकुम पश्चिम / कर्णालीकै सर्वाधिक पुरस्कार राशिको रुकुम कप भलिबलमा आज शनिबार सेमिफाइनलका दुई खेलहरु हुने छन् ।

आयोजक रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष तेजविक्रम बिएमका अनुसार सेमिफाइनलमा आयोजक टिम र सल्यान तथा सुर्खेत र सशस्त्र प्रहरी बिच खेल हुनेछ ।

बिहान ११ बजेदेखि सुरु हुने पहिलो सेमिफाइनल अन्तर्गतको खेल आयोजक रुकुम पश्चिम र सल्यान बिच हुने आयोजकले जनाएको छ । दोश्रो खेल भने विभागिय टोली सशस्त्र र सुर्खेत बिचमा हुने छ ।

शुक्रबार सम्पन्न क्वाटरफाइनलका खेलहरुपछि आयोजक रुकुम पश्चिम, सल्यान, सुर्खेत र सशस्त्र प्रहरीको ६ नम्बर बाहिनी सेमिफाइनल पुगेका हुन् ।

कर्णालीकै सर्वाधिक राशिको यस प्रतियोगिताको विजेताले पाँच लाख नगद पुरस्कार पाउने छ । उप विजेताले दुई लाख ५० हजार र सेमिफाइनलमा पुग्ने दुई टिमले समान १/१ लाख पुरस्कार पाउने आयोजकले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख २३, २०८०  ०६:०५
प्रतिक्रिया दिनुहोस्