सोसल मिडिया
रुकुम पश्चिम / रुकुम कप भलिबल प्रतियोगिता अन्तर्गत शनिबार भएको सेमिफाईनलमा सल्यान र सुर्खेतको टिमलाई हराउँदै आयोजक रुकुम पश्चिम र सशस्त्र प्रहरी बल (एपिएफ) ६ नम्बर बाहिनीको टोली फाईनलमा प्रवेश गरेका छन् ।
रुकुम पश्चिमको मुसिकोटमा जारी रुकुम कप भलिबल प्रतियोगिताको सेमिफाइनलमा सल्यानलाई पराजित गर्दै आयोजक रुकुम पश्चिम र सुर्खेतलाई पराजित गर्दै एपिएफको टोली फाईनलमा प्रवेश गरेका हुन् । अब फाईनल खेलमा आयोजक रुकुम पश्चिम र सशस्त्र प्रहरी बल ६ नम्बर बाहिनी सुर्खेत बीच प्रतिश्पर्धा हुने आयोजक रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष तेजविक्रम बिएमले जानकारी दिनुभयो ।
आज भएको पहिलो सेमिफाइनलमा सल्यानलाई ३–२ को सेटमा पराजित गर्दै आयोजक रुकुम पश्चिम फाइनलमा पुगेको हो । त्यसैगरी दोस्रो सेमिफाइनलमा सुर्खेतलाई ३–० को सोझो सेटमा पराजित गर्दै सशस्त्र प्रहरी बल ६ नम्बर बाहिनी फाइनल पुग्न सफल भएको हो ।
प्रतियोगिताको विजेताले नगद पाँच लाख पुरस्कार पाउने छ भने उप-विजेताले नगद दुई लाख ५० हजार पुरस्कार पाउनेछन् ।
आयोजकका अनुसार सेमिफाइनलमा पुगेका सल्यान र सुर्खेतले १/१ लाख पुरस्कार जितेका छन् । फाइनल खेल भोली दिउँसो १ बजेदेखि सुरु हुने आयोजकले जानकारी दिएको छ ।