Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

भूमेको सिमखोलामा जीप दुर्घटना, नौ जना घाईते

२०८० वैशाख २४
tribeni2

रुकुम पूर्व / आईतबार बिहान रुकुम पूर्वको भूमे गाउँपालिका ८ सिमखोलामा जीप दुर्घटना भएको छ । जीप दुर्घटनामा परेर नौ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका रुकुम पूर्वका प्रहरी नायब उपरिक्षक (डिएसपी) अञ्जना श्रेष्ठका अनुसार बिहान करिब ९ बजेको समयमा भूमे ९ चुनबाङबाट रुकुमकोट आउदै गरेको लु १ ज ३५०३ नम्बरको जीप सिमखोला पुगेको बेला दुर्घटना भएको हो ।

प्रहरीका अनुसार घाइते हुनेमा भूमे गाउँपालिका ८ का १७ वर्षीया चन्द्रकुमारी पुन, सोही वडाका २० वर्षीया लक्ष्मी बिक, १० वर्षीय भरत खड्का, भूमे गाउँपालिका ९ का १८ वर्षीया प्रमिला पुन मगर, १९ वर्षीया रिमा बुढा मगर, १९ वर्षीय गङ्गा बुढा, १९ वर्षीया नर्मिता पुन, रोल्पा जिल्ला परिवर्तन गाउँपालिका ६ का २१ वर्षीय आभाष बुढा मगर र परिवर्तन गाउँपालिका ४ का १९ वर्षीय कमला रोका रहेका छन् ।

हाल घाइतेलाई रुकुम पूर्व अस्पताल रुकुमकोटमा उपचारतको लागि ल्याईएको छ । सबैको अवस्था मध्यम रहेको बताईएको छ ।

जीपमा १२ जना यात्रु सवार रहेका थिए । जीप सडक नजिक रहको सरस्वती मावि सिमचौरको भवन माथि परेको जनाईएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  १२:०५
प्रतिक्रिया दिनुहोस्