रुकुम कपको उपाधि आयोजककै हातमा

२०८० वैशाख २४

रुकुम पश्चिमको मुसिकोटमा जारी रुकुम कप भलिबल प्रतियोगिताको उपाधि रुकुम पश्चिम टिमले हात पारेको छ ।

आईतबार भएको फाईनल खेलमा आयोजक रुकुम पश्चिम टिमले सशस्त्र प्रहरी बल (एपिएफ) ६ नम्बर बाहिनीको टोलीलाई हराउँदै रुकुम कपको उपाधि चुम्न सफल भएको हो ।

फाईनलमा भएको अत्यन्तै प्रतिश्पर्धात्मक खेलमा सशस्त्र प्रहरीको टिमलाई ३–२ सेटमा पराजित गर्दै रुकुम पश्चिमले जित हाँसिल गरेको हो ।

आयोजक रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष तेजविक्रम बिएमका अनुसार भलिबल तर्फ कर्णाली प्रदेशकै सर्वाधिक राशिको पुरस्कार रुकुम पश्चिम टिमले हात पारेको छ । उपाधी विजेता रुकुम पश्चिमले नगद पाँच लाख रुपियाँ पुरस्कार हात पारेको छ ।

उप विजेता बन्न सफल सशस्त्र प्रहरी बल (एपिएफ) ६ नम्बर बाहिनीको टिमले दुई लाख ५० हजार नगद पुरस्कार प्राप्त गरेको छ ।

त्यसैगरी सेमिफाइनलमा पुगेका सल्यान र सुर्खेतले १/१ लाख पुरस्कार हात पारेका छन् ।

प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  १८:०५
प्रतिक्रिया दिनुहोस्