Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
प्रहरीको गोली

सप्तरीमा प्रहरीको गोलीः एक जनाको मृत्यु

काठमाडौं १५ असार ।
tribeni2

प्रहरीको गोली लागी सर्लाहीमा एक जनाको मृत्यु भएको छ । स्थानीवासी र प्रहरीबीच झडप हुँदा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको हो । अर्का एक जना गम्भीर घाइते भएका छन् ।

प्रदर्शनकारीले ढुंगा हान्दा १३ जना प्रहरी पनि घाईते छन् । हिजो जिल्लाको उत्तर पूर्व ईश्वरपुर नगरपालिका १३, गौरीशंकरस्थित बाँके खोलामा गिट्टी बालुवा निकाल्न खनिएको खाल्डोमा डुबेर स्थानीय लालबाबु यादवका १२ वर्षीय छोरा अमित यादवको मृत्यु भएको थियो ।

बालकको मृत्यु भएको विरोधमा स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्न खोजेपछि आज झडप भएको र झडपमा प्रहरीको गोली लागी ईश्वरपुर नगरपालिका–१३, गौरीशङ्करका २७ वर्षीय देवन महतोको घटनास्थलमै मृत्यु भएको हो ।

प्रकाशित मिति: आइतबार, असार १५, २०७६  २२:०६
प्रतिक्रिया दिनुहोस्