Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

आठबिसकोटमा पाँच कठ्ठा जमिनमा लगाईएको अफिम नष्ट

२०८० वैशाख २४
tribeni2

रुकुम पश्चिम / रुकुम प्रहरीले अवैध रुपमा लगाईएको अफिम खेतीलाई नष्ट गरेको छ ।

आईतबार जिल्लाको आठबिसकोट नगरपालिका वडा नम्वर ३ कालजुरा पाटागाउँमा लगाईएको अफिम नष्ट गरिएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय आठबिसकोटमा अनुसार करिब पाँच कट्ठा क्षेत्रफलमा लगाईएको अफिम खेती नष्ट गरिएको हो ।

ईलाका प्रहरी कार्यालय आठबिसकोटबाट प्रहरी हवल्दार लक्षिराम थारुको नेतृत्वमा गएको ६ जनाको प्रहरी टोली अफिम खेती फडानी गरी नष्ट गरेको बताईएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  १९:०५
प्रतिक्रिया दिनुहोस्