Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

अब आफ्नै भवनमा मुसिकोट ६ को वडा कार्यालय

दुई जना जग्गादातालाई सम्मान
२०८० वैशाख २५
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ६ को सेवा प्रवाह अव आफ्नै भवनबाट हुने भएको छ । यस अघि भाडाको घरमा रहेको वडा कार्यालयले आफ्नै भवन निर्माण गरेको हो ।

उक्त कार्यालय भवनको सोमबार उद्घाटन समेत गरिएको छ । प्रतिनिधि सभा सदस्य तथा पूर्व अर्थमन्त्री जनार्दन शर्माले नव निर्मित भवनको उद्घाटन गर्नुभएको हो ।

मुसिकोट नगरपालिका वडा नम्वर ६ का वडा सदस्य अनिल बुढाका अनुसार दुई तले वडा कार्यालय भवन निर्माणको लागि ३६ लाख खर्च भएको छ ।

उक्त भवन निर्माणका् जिम्मा एडिवि निर्माण सेवा एण्ड सप्लायर्सले लिएको थियो ।

जग्गादातालाई सम्मान

यसैबिच वडा कार्यालय भवन निर्माणको लागि जग्गा उपलब्ध गराउनुहुने जग्गादातालाई सम्मान गरिएको छ ।

भवन उद्घाटन कार्यक्रमको अवसरमा जग्गादाताद्धय प्रेमबहादुर बोहरा र मोहन बोहरालाई सम्मान गरएिको हो । सोहि वडामा दुई जना जग्गादाताहरुले वडा कार्यालयको लागि १८ सय वर्गमिटर जग्गादान गर्नुभएको वडा अध्यक्ष भानु मल्लले जानकारी दिनुभयो । 

प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  १६:०५
प्रतिक्रिया दिनुहोस्