Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

आठबिसकोटमा छड्के बजार अनुगमन

२०८० वैशाख २५
tribeni2
  • सत्य बटाला

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले बजार अनुगमन गर्न थालेको छ । प्राय चाडपर्वका समयमा मात्र अनुगमन गरिने चलनलाई त्याग्दै नगरपालिका क्षेत्रका विभिन्न स्थानमा रहेका बजार क्षेत्रमा अनुगमन गर्न थालेको नगरपालिकाले जनाएाको छ ।

नगर उपप्रमख धनकुमारी शाहीको नेतृत्वको अनुगमन टोलीले आज नगरपालिकाको वडा नम्वर ९ को राडी बजार र ११ को सिमबजारमा रहेका किराना पसल, होटल, बेकरी तथा पाउरोटी उद्योग र कस्मेटिक, कोल्ड स्टोर पसलमा अनुगमन गरेको छ।

अनुगमनका क्रममा म्याद गुज्रिएका, मूल्य नलेखिएका, उत्पादन मिति उल्लेख नभएको, लेवल नटाँसिएका खाद्यवस्तु फेला परेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहले बताउनुभयो। म्याद गुज्रिएर सडेको अवस्थामा रहेका कस्मेटिक सामग्री समेत फेला परेको शाहले जनाउनुभयो।

अनुगमनका क्रममा प्याकिङ्ग गरिएको खानेकुरामा उत्पादित मिति, मूल्य, तौल समेत उल्लेख नगरिएको, अधिकांश पसलहरुमा मूल्यसूची समेत नराखेको पाईएको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत शाहले मानव स्वास्थ्यमा खेलवाड गर्ने अधिकार कसैलाई छुट नभएको भन्दै गुणस्तरहिन सामग्री बिक्री गर्नेलाई कानुन बमोजिम कारबाही गर्नुपर्नेमा जोड दिनुभयो ।

पसलमा मुल्य सुची राखे नराखेको, नापतौलको अवस्था, साइन बोर्ड भए नभएको, ब्यवसाय दर्ता भए नभएको, प्यान तथा भ्याटमा दर्ता भए नभएको बारे अनुगमन गरेको नगरपालिकाले जनाएको छ । अनुगमन टोलीले बिभिन्न किराना पसलहरुबाट म्याद नाघेको चाउचाउ, चनाको सातु, गुल्कोज, चल्केट, विस्कुट, जुस गुज्रिएको अस्थामा फेला पारेर नष्ट समेत गरेको छ ।

बजारमा कालो बजारी रोक्न तथा गुणस्तरहिन समान बिक्री वितरण गर्नेलाइ सचेत गराउने उद्धेश्यका साथ नगरपालिकाले बेला बेलामा बजार अनुगमन गर्ने नीति लिएको नगरपालिकाले जनाएको छ ।

अनुगमन टोलीमा आठविसकोट नगरपालिका प्रमुख प्रशासकीय अधिकृत मणि राज शाह, नगरपालिकाका शिक्षा अधिकृत इन्द्र बिष्ट, नरेन्द्र कार्की, रोजगार संयोजक कमल भट्टराई, योजना अनुगमन शाखाका प्रमुख राजु परिवार, वडा नम्वर ९ का वडाअध्यक्ष जनक बहादुर बटाला, नगर प्रहरी , नेपाल प्रहरी, पत्रकार लगायतको सहभागीता रहेको थियो।

प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  १७:०५
प्रतिक्रिया दिनुहोस्