Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पुर्वमा गाई काटेको अभियोगमा तीन जना पक्राउ

२०८० बैशाख २५
tribeni2

रुकुम पूर्व /रुकुम पूर्वमा गाई काटेको अभियोगमा तीन जना पक्राउ परेका छन् । राष्ट्रिय जनावर गाई काटेको अभियोगमा भूमे गाउँपालिका २ का ४४ वर्षका रानविर कामी, भूमे गाउँपालिका ३ का दम्पती ५९ वर्षका सम्पती रोका र ५७ वर्षकी विनसरी रोकालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी निरीक्षक गनेश पाण्डेले जानकारी दिनुभयो ।

प्रहरी निरीक्षक पाण्डेका अनुसार उनिहरुलाई गएराती पक्राउ गरिएको हो । भूमे गाउँपालिका ६ स्थित खाराबाङ (लुकुम खोला पारिपट्टी) गोठको छेउमा गाई मारेर मासु काट्दै गर्दा पक्राउ गरिएको हो । गाई काट्दै गरेको भन्ने गोप्य सुचनाको अधारमा गएर उनिहरुलाई पक्राउ गरेर ल्याएको बताईएको छ ।

उहाँका अनुसार सोधपुछको क्रममा उनिहरुले लडेर मरेको गाईलाई काटेको बताउदै आएका छन् । पक्राउ परेका तीनै जनालाई आज सोमबार अदालतमा पेश गरेको र तीनै जनालाई पाँच दिनको म्याद थप गरि अनुसन्धानको कार्यलाई जारी राखिएको छ । काटेको गाईलाई भने सम्बन्धित निकायको रोहबरमा गाडिएको छ ।

राष्ट्रिय जनावर गाई मार्नेलाई कानुनमा तीन वर्षको कैद सजायको व्यवस्था रहेको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  १९:०५
प्रतिक्रिया दिनुहोस्