Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सिस्नेका पाँच किसानलाई ८० प्रतिशत अनुदानमा हाते ट्याक्टर

२०८० वैशाख २५
tribeni2

रुकुम पूर्व / जिल्लाको सिस्ने गाउँपालिकाले पाँच जना व्यवसायीक किसानलाई हाते ट्याक्टर (मिनी पावर टिलर) उपलब्ध गराएको छ ।

गाउँपालिकाको कृषि शाखाले ८० प्रतिशत अनुदानमा किसानलाई हाते ट्याक्टर उपलब्ध गराएको हो । किसानको माग र आवश्यकताको आधारमा कृषि उपकरणहरु वितरण गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख दिनेश ओलीले जानकारी दिनुभयो ।

गाउँपालिकामा आयोजित एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी, उपाध्यक्ष गोपाल रेउले र प्रमुख प्रशासकीय अधिकृत विकास विक्रम शाहले किसानलाई ट्याक्टर हस्तान्तरण गर्नुभएको हो । कृषिलाई व्यवसायीक रुपमा सञ्चालन गरिरहेका पाचँ कृषि फर्मलाई ट्याक्टर वितरण गरिएको शाखा प्रमुख जानकारी बताउनुभयो ।

उहाँका अनुसार वडा नम्वर ५ मा रहेको शैलेन्द्र कृषि फर्म र विमल स्थानीय तरकारी तथा नर्सरी फर्म, वडा नम्वर ६ स्थित सावित्रा बहुउदेश्यीय कृषि तथा पशुपन्छि फर्म र जस्विन कृषि फर्म र वडा नम्वर ८ को विशाल स्याउ फर्मलाई हाते ट्याक्टर वितरण गरिएको हो ।

वितरण गरिएका हाते ट्याक्टरहरु ५ देखि ७ हर्ष पावर क्षमताका हुन् । ७५ देखि ८६ हजारसम्म बजार मुल्य रहेका ट्याक्टर किसानले अनुदानमा पाएका हुन ।

प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  २१:०५
प्रतिक्रिया दिनुहोस्