Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बाफिँकोट २ मा सार्वजनिक जग्गा खाली गर्न र राजश्व बुझाउन २० दिनको अल्टिमेटम

सरकारी जग्गामा रहेका संरचना हटाउँदै वडा सरकार
२०८० वैशाख २६
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्वर २ को कार्यालयले सार्वजनिक स्थानमा राखिएका व्यवसायीक संरचनाहरु हटाउने भएको छ ।

वडा कार्यालयले एक सार्वजनिक सूचना जारी गर्दै वडाको सार्वजनिक स्थानमा राखिएका व्यवसायीक संरचना हटाउन अनुरोध गरेको छ ।

वडाध्यक्ष प्रकाश खत्रीका अनुसार वडा सरकार सञ्चालन सल्लाहकार समिति र वडा कार्यालयको बैठकको निर्णय अनुसार सार्वजनिक संरचनामा बनाईएका व्यवसायीक संरचना हटाउन सूचना प्रकाशन गरिएको हो ।

उहाँका अनुसार वडा कार्यालयको नाममा रहेका सरकारी जग्गामा सञ्चालित व्यवसायीक संरचनाहरु हटाएर यातायातका साधनहरुको लागि पार्किङस्थल बनाउने निर्णय भएको छ । वैशाख १९ गतेको वडा सरकार सञ्चालन सल्लाहकार समिति र वैशाख २५ गतेको वडा समितिको बैठकले उक्त निर्णय गरेको हो ।

वडाको अन्य कुनैपनि स्थानमा पार्किङ गर्ने ठाउँ नभएको र जथाभाबि पार्किङ गर्दा दुर्घटनाको जोखिम भएकोले व्यवसायीक संरचना हटाउनुपरेको हो । वडा अध्यक्ष खत्रीले २५ गतेदखि लागु हुनेगरी २० दिन भित्र सार्वजनिक स्थानमा राखिएका व्यवसायीक संरचना खालि गर्न अनुरोध गरिएको छ ।

सार्वजनिक स्थानमा संरचना बनाएर गरिएका व्यवसायीहरुले विगत दुई वर्षदेखि वडा कार्यालयमा राजश्व नबुझाएकोले आफूले भोगचलन गरेको मितिसम्मको राजश्व बुझाउन समेत वडाले अनुरोध गरेको छ । वडा कार्यालयका अनुसार पिपल प्रहरी चौकी नजिकै सार्वजनिक जग्गामा चार वटा व्यवसायीक संरचना बनेका छन् ।

सबै वडावासीको सल्लाहको आधारमा यस्तो निर्णय गरिएको समेत वडा अध्यक्ष खत्रीले उल्लेख गर्नुभयो ।

तोकिएको समयमा जग्गा खाली नगरेमा र राजश्व नबुझाएमा वडा कार्यालय जवाफदेहि नहुने समेत वडा कार्यालयले प्रकाशन गरेको सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  १९:०५
प्रतिक्रिया दिनुहोस्